Its Good To Chat

also find us on these!

गृहपृष्ठ

सामुदायिक स्वास्थ्य राजदूत समूह वेभसाईटमा तपाईलाई स्वागत छ । यो वेभसाईट रसमुर क्षेत्र वरिपरि बसोवास गर्ने स्थानिय समुदायका ब्यक्तिहरुले निमार्ण गरेका हुन् । यसको उद्देश्य रसमुर क्षेत्र वरिपरीका वासिन्दाहरुलाई मानसिक स्वास्थ्य र उन्नत तथा पूर्ण सक्षम जीवनको लागि सकारात्मक प्रभाव पार्न सकोस् भन्ने हो ।

हाम्रो बारेमा

हामी स्थानीय समुदायका नौजना ब्यक्तिहरुमध्ये कोही न कोही तपाईहरुको मानसिक स्वास्थ्य, सहयोगका बारेमा आवश्यक पर्ने कुनै पनि सूचना, जिज्ञासा तथा जानकारी दिनका लागि उपलब्ध हुनेछौं । हामी नौजनाले सन् २०११ नोभेम्वरमा मेरी सिकोल लिडरसिप प्रोजेक्ट (Mary Seacole Leadership Project) ले आयोजना गरेको तथा लोकल अर्ली ईन्टरभेन्सन ईन साईकोसिस टिम (Local Early Intervention in Psychosis Team) द्वारा संचालित मानसिक रोग प्राथमिक उपचार विधी तथा ज्ञान सम्बन्धी तालिम प्राप्त गरेकाछौं । हामीले मानसिक रोग प्राथमिक उपचार सम्बन्धी विभिन्न विधामा ख्यातीप्राप्त विशेषज्ञहरुबाट तालिम प्राप्त गरेका छौं, साथै तालिमका क्रममा मानसिक रोग उपचार विधीका बारेमा ज्ञान लिने उद्देश्यले हामीले मानसिक रोगको उपचारमा संलग्न स्थानीय रुपमा संचालित मानसिक स्वास्थ्य सेवा केन्द्रहरुमा समेत अवलोकन भ्रमण गरेका थियौं । हामीले तालिममा प्राप्त गरेको मानसिक स्वास्थ्य सम्बन्धी अध्ययन तथा अनुसन्धानका विषयलाई वििभन्न विशेषज्ञ तथा स्थानीय समुदायका व्यक्तिहरु/संस्था सामू पनि प्रस्तुती गरेका थियौं ।

हाम्रो विश्वास

मानवीय संवेदनशिलता, मानसिक स्वास्थ्य हाम्रो शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ भन्ने हाम्रो विश्वास छ । साथै मानिसहरुलाई मानसिक रोगका कारणले उत्पन्न विषम परिस्थितिसंग जुध्न एक अर्काको सहयोग आवश्यक पर्दछ भन्ने कुरा हामीले पूर्ण रुपमा महसुस गरेका छौं । त्यसैले हामीले यो वेभसाईट निर्माण गरी समूदायका व्यक्तिहरुलाई एक अर्कासँग संपर्कको संजाल निर्माण गरी सेवा आवश्यक परेकाहरुलाई अनौपचारिक रुपमा सहयोग उपलब्ध गराउन गइरहेको कुरा जानाकारी गराउन चाहान्छौं । त्यसरी नै आवश्यकता परेको खण्डमा औपचारिक रुपमा पनि तपाईहरुले खोजेको सेवा कस्तो र कहां उपलब्ध हुन सक्छ, सो को जानाकारी दिन प्रयास समेत गर्नेछांैं ।

मानसिक रुपमा पूर्ण सक्षम

पूर्ण सक्षम भन्नाले के बुझिन्छ ?

पूर्ण सक्षम भन्नाले हाम्रो जीवनमा विभिन्न फरक फरक विषय वस्तु र परिस्थिती आ आफ्नै भिन्न परिवेश अनुशार परिभाषित हुन्छ । ता पनि सरल रुपमा यस शब्दलाई यो परिवेशमा ब्याख्या गर्नु पर्दा पूर्ण सक्षमता भन्नाले मानिसले साधारण रुपमा अनुभूती गर्ने र शारिरीक रुपमा स्वास्थ्य रहनु नै हो । हामीलाई थाहा छ र हामीले अनुभव पनि गरेका छौं की “पूर्ण सक्षम” शब्द त्यती सरल छैन जती हामी सोच्छौं । पछिल्ला वैज्ञानिक अध्ययन अनुसन्धानले यस शब्दको शाब्दिकरुप मानिसले स्वास्थ्यरुपमा खुशी महसुस गर्नुनै उस्को सन्तुष्टी तथा सक्षमता हो भन्ने देखाएको छ । साधरणतय मानिसले निम्न कुरा आफुभित्र अनुभूती गर्नसक्यो भने उ पूर्णरुपमा सन्तुष्ट तथा सक्षम हुन सक्छ ।

  • उस्को सक्षमता र शक्ति
  • उस्को स्व निर्देशित कृयाकलापहरुलाई उस्ले अर्थयुक्त क्षेत्रमा सार्थक वनाउन सक्नु
  • उस्को ईच्छाशक्ति तथा कुनै पनि परिस्थितिलाई सजिलोसंग संहाल्न सक्ने उस्को सक्षमता

हाम्रा विचमा सक्षमताका विषेशताहरु र तिनका मान्यता फरक फरक हुन सक्छन्, त्यसैले यसका वारेमा अझ बढी जानाकारी, सल्लाह र सुझावका लागि तपाईले विभिन्न सूचनाहरु ('5 A Day' of mental wellbeing) शारिरीक स्वास्थ्य तन्दुरस्त राख्नका लागि (physical health) पुर्नस्थापनाकालागि (recovery) सम्वन्धी सन्दर्भ सामाग्रीमा प्राप्त गर्न सक्नु हुनेछ । विस्तृत जानाकारीको लागि तलका वेभसाईटमा सफर गर्नुहोस ।

हामीसंग छलफल तथा कुराकानी गर्नुहोस् !

तपाईहरुलाई छलफल तथा कुराकानी गर्न आवश्यक भएमा हामीसंग संम्पर्कगर्न कुनै अप्ठयारो मान्नु पर्दैन् । हामीलाई यस विषयको संवेशिलताको वारेमा पूर्ण ज्ञान छ त्यसैले हामीसंग हुने सबै किसिमका संवाद, फोन, ईमे ल, चिठीपत्र, तथा यस विषयसंग सम्वन्धीत सबै कृयाकलापहरु अत्यन्त सावधानिकका साथ संचालन गरिने छ, साथै संपूर्ण सूचनाहरु गो प्य राखिने छ ।

also find us on these!

यदि तपाईलाई तुरुन्त सेवा आवश्यक परेमा तपाईको जि पि डाक्टर वा एन् एच एस् को सोझो टेलिफोन लाईन ०१८४५४६७८७ मा संपर्क गर्नुहोला ।